सम्पत्ति शुद्धीकरणमा मुछियो देउवा परिवार : बाबुआमा–छोरा देखिए दोषी, विदेशबाटै पक्राउ गरेर ल्याउने तयारी

 

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा.आरजु राणाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन म्याद जारी गरेको छ ।

विभागका अनुसार प्रारम्भिक अनुसन्धानमा जयवीरको केही सम्पत्ति आर्जन र आर्थिक कारोबार अस्वाभाविक तथा शंकास्पद देखिएपछि बयानका लागि बोलाइएको हो ।

स्रोतका अनुसार अनुसन्धान प्रारम्भिक चरण पार गरेर विस्तृत तहमा पुगेको छ ।

अनुसन्धानका क्रममा देउवा परिवारले छोटो अवधिमा ठूलो परिमाणमा जग्गा खरिद गरेको, केही आर्थिक अनियमितता र विवादित ठेक्का प्रकरणसँग नाम जोडिएको विषय पनि अध्ययन भइरहेको जनाइएको छ ।

यद्यपि यी विषयहरूको अन्तिम कानुनी निष्कर्ष आइसकेको छैन र अनुसन्धान जारी छ ।

यसअघि नै जयवीरका बाबु एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आमा आरजु राणाविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

Comments

Popular posts from this blog

एउटा ऐतिहासिक यात्रा र आमाको साथ

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो

कबिन्द्र बुर्लाकोटीले अचानक फिर्ता लिए महामन्त्री पदको उम्मेदवा