Posts

Showing posts from July, 2026

पूर्वराजा ज्ञानेन्द्रको राष्ट्रिय एकताको अपिल : ‘जातीय र धार्मिक सद्भाव जोगाऔँ’

Image
  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजमा आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैलाई आग्रह गरेका छन्। शुक्रबार (साउन १४) निर्मल निवासबाट जारी गरिएको सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै यही विविधताले नेपालको पहिचान र गौरव कायम राखेको बताएका छन्। यसलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनको भनाइ छ।  सन्देशमा हालै सुनसरी जिल्लाका केही स्थानमा भएको आपसी द्वन्द्व तथा त्यसबाट जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले समाजमा अशान्ति फैलाउने भएकाले सबै नेपालीले संयमता अपनाउनुपर्ने उल्लेख गरिएको छ। उनले कुनै पनि समुदायबीच वैमनस्य बढाउने गतिविधिबाट टाढा रहँदै मेलमिलाप, सहिष्णुता र पारस्परिक सम्मानलाई प्राथमिकता दिन आग्रह गरेका छन्।  पूर्वराजा ज्ञानेन्द्रले नेपालका सबै नागरिकलाई धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर राष्ट्रिय एकता, सामाजिक सद्भाव र भाइचाराको भावना बलियो बनाउन आह्वान गरेका छन्। सन्देशको अन्त्यमा उनले “जय नेपाल” उल्लेख गर्दै सबै नेपालीबीच आपसी विश्वास र...

सिरहामा गोली लागेर एकजनाको मृत्यु

Image
  काठमाण्डु– सिरहामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।  कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप हुँदा प्रहरीले चलाइएको गोली लागेर एक जनाको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार गोली लागेर गणेश यादवकाे मृत्यु भएकाे हाे ।

प्रधानमन्त्रीको बचाउ गर्दै रास्वपा उपसभापति: 'सुनसरीको समस्या समाधानमा विशेष ध्यान'

Image
  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेका बताएका छन्। केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन्। सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीले पर्याप्त पहल लिइरहेका उनको भनाइ छ। ‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ’, अर्थमन्त्रीले सर्वदलीय बैठकमा भने, ‘उहाँकै समन्वयमा सरकारले यथेष्ट पहल लिइरहेको छ। राजनीतिक दलहरूले लिएको पहलकदमीलाई सरकारले सकारात्मक रूपमा लिएको छ।’ सुनसरी घटनामा स्थिति सामान्यीकरण गर्न र सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न सरकारले आवश्यक समन्वयमा प्रयत्न गरिरहेको पनि उनले राजनीतिक दलको नेतृत्वलाई अवगत गराए। सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीलाई ...

प्रचण्डको 'यू-टर्न': भाषणमा नैतिकता, व्यवहारमा एमालेसँग सहमति

Image
  सरकार फेर्ने खेलमा नलाग्ने दाबी लगत्तै एमालेसँग सम्झौता: प्रचण्डको निर्णयले कार्यकर्ता अन्योलमा काठमाडौँ — "सरकार बनाउने र गिराउने निरर्थक खेलमा लाग्यौँ भने थचारिन्छौँ" भन्दै भाषण गरेको भोलिपल्टै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)सँग प्रादेशिक सरकार गठनका लागि सम्झौता गरेपछि पार्टी पंक्तिमा अन्योल र आश्चर्य छाएको छ। अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै बारम्बार सरकार टिकाउने र ढाल्ने फोहोरी राजनीतिक खेलबाट टाढा रहेर जनताका मुद्दामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। तर, उहाँको भनाइ र गराइमा एकाएक भिन्नता देखिएपछि स्थानीय तथा प्रदेशस्तरका माओवादी कार्यकर्ताहरू चकित परेका हुन्। एक दिन अघिसम्म मात्रै एमाले नेतृत्वको गठबन्धन र उसको रणनीतिको कडा आलोचना गरेका प्रचण्डले भोलिपल्टै तिनै घटकहरूसँग हात मिलाउँदै प्रदेश सरकार निर्माणको सहमति गरेपछि पार्टीका समर्थक तथा कार्यकर्ताहरूले नेतृत्वको अस्थिर नीतिप्रति प्रश्न उठाउन थालेका छन्। पार्टीभित्रैबाट पनि नेतृत्वको यस्तो ढुलमुले नीतिका कारण माओवादी केन्द्रको राजनीतिक साख र व...

दिल्ली जान किन रोकिए गगन थापा?

Image
  काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाको तय भइसकेको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी शनिबार नै नयाँ दिल्ली जाने तयारीमा थिए। पछि आइतबारका लागि सारिएको उक्त भ्रमण अन्तिम समयमा रद्द गरिएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार नितान्त आन्तरिक तथा प्राविधिक कारणले सभापतिको भारत भ्रमण स्थगित भएको हो। भ्रमणको नयाँ मिति पछि तय गरिने जानकारी पार्टीले दिएको छ। भ्रमण रोकिनुका आन्तरिक कारण पार्टीले औपचारिक रूपमा प्राविधिक कारण देखाए पनि अन्तिम समयमा यात्रा स्थगित हुनुको मुख्य कारण पार्टीभित्र चर्किएको आन्तरिक खिचातानी रहेको स्रोतको दाबी छ। पार्टीभित्रको आन्तरिक विवाद: विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन र पार्टी संगठनलाई लिएर संस्थापन र इतर पक्षबीच आन्तरिक असन्तुष्टि रहँदै आएको छ। गुटगत सक्रियता: पछिल्लो समय सभापति थापा र इतर पक्षका नेताहरूबिच आ-आफ्नो समूहगत अभियान सञ्चालन भइरहेकाले काठमाडौँमै बसेर आन्तरिक मिलापत्र र संवाद गर्नुपर्ने परिस्थिति सिर्जना भएको नेता...

विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव

पूरा समाचार पढ्नुहोस्

तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी

पूरा समाचार पढ्नुहोस्

बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान

पूरा समाचार पढ्नुहोस्

बाथरुममा लडेर घाइते भए पियुष मिश्रा

पूरा समाचार पढ्नुहोस्

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि 'प्रदेश बचत खाता’ सुरु

पूरा समाचार पढ्नुहोस्

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

पूरा समाचार पढ्नुहोस्

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्‍का घटना, दुई जनाको मृत्यु

पूरा समाचार पढ्नुहोस्

अमेरिकाले फेर्‍यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने

पूरा समाचार पढ्नुहोस्

गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड

पूरा समाचार पढ्नुहोस्

यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा

पूरा समाचार पढ्नुहोस्

सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर

पूरा समाचार पढ्नुहोस्

रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड

पूरा समाचार पढ्नुहोस्

काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?

पूरा समाचार पढ्नुहोस्

कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर

पूरा समाचार पढ्नुहोस्

अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?

पूरा समाचार पढ्नुहोस्

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

पूरा समाचार पढ्नुहोस्

बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)

पूरा समाचार पढ्नुहोस्

१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल

पूरा समाचार पढ्नुहोस्

ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ

पूरा समाचार पढ्नुहोस्

वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु

पूरा समाचार पढ्नुहोस्

‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी

पूरा समाचार पढ्नुहोस्

बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु

पूरा समाचार पढ्नुहोस्

केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार

पूरा समाचार पढ्नुहोस्

बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने

पूरा समाचार पढ्नुहोस्

च्याउ खोज्न जाँदा बेपत्ता भएका महिलाहरु सम्पर्कमा

पूरा समाचार पढ्नुहोस्

बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित

पूरा समाचार पढ्नुहोस्

घरअगाडिबाटै हरायो ट्रक

पूरा समाचार पढ्नुहोस्

विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?

पूरा समाचार पढ्नुहोस्

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा

पूरा समाचार पढ्नुहोस्

सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पूरा समाचार पढ्नुहोस्

नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर

पूरा समाचार पढ्नुहोस्

रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु

पूरा समाचार पढ्नुहोस्

बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा

पूरा समाचार पढ्नुहोस्

मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना

पूरा समाचार पढ्नुहोस्

मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच

पूरा समाचार पढ्नुहोस्

अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि

पूरा समाचार पढ्नुहोस्

मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली

पूरा समाचार पढ्नुहोस्

अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै

पूरा समाचार पढ्नुहोस्

शिक्षा र स्वास्थ्यका लागि राज्यलाई जिम्मेवार बनाउनुपर्छ : शङ्कर पोखरेल

पूरा समाचार पढ्नुहोस्

श्रीलंकाबाट आज स्वदेश फर्किँदै प्रचण्ड, ‘नफर्किने’ हल्ला गलत सावित

Image
  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने श्रीलंका भ्रमण सम्पन्न गरी आज नेपाल फर्किंदै छन्। ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताका रूपमा सहभागी हुन श्रीलंका पुगेका प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नुका साथै श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। भ्रमणका क्रममा उनले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गर्दै महासचिवसहित अन्य पदाधिकारीसँग द्विपक्षीय छलफल पनि गरेका थिए। यसबीच सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रचण्ड नेपाल नफर्किने, विदेशमै बस्ने जस्ता विभिन्न अड्कलबाजी र दाबी सार्वजनिक भएका थिए। तर उनको निर्धारित कार्यक्रमअनुसार भ्रमण सम्पन्न भएपछि उनी आज नेपाल फर्किन लागेकाले ती सबै हल्ला निराधार साबित भएका छन्। यस भ्रमणलाई नेपाल–श्रीलंका सम्बन्ध, वामपन्थी दलहरूबीचको अनुभव आदानप्रदान तथा क्षेत्रीय राजनीतिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल

पूरा समाचार पढ्नुहोस्

दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्‍याउन झलनाथको आग्रह

पूरा समाचार पढ्नुहोस्

प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ

पूरा समाचार पढ्नुहोस्

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पूरा समाचार पढ्नुहोस्

‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे

पूरा समाचार पढ्नुहोस्