श्रीलंकाबाट आज स्वदेश फर्किँदै प्रचण्ड, ‘नफर्किने’ हल्ला गलत सावित

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने श्रीलंका भ्रमण सम्पन्न गरी आज नेपाल फर्किंदै छन्।



‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताका रूपमा सहभागी हुन श्रीलंका पुगेका प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नुका साथै श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। भ्रमणका क्रममा उनले पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गर्दै महासचिवसहित अन्य पदाधिकारीसँग द्विपक्षीय छलफल पनि गरेका थिए।

यसबीच सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रचण्ड नेपाल नफर्किने, विदेशमै बस्ने जस्ता विभिन्न अड्कलबाजी र दाबी सार्वजनिक भएका थिए। तर उनको निर्धारित कार्यक्रमअनुसार भ्रमण सम्पन्न भएपछि उनी आज नेपाल फर्किन लागेकाले ती सबै हल्ला निराधार साबित भएका छन्।

यस भ्रमणलाई नेपाल–श्रीलंका सम्बन्ध, वामपन्थी दलहरूबीचको अनुभव आदानप्रदान तथा क्षेत्रीय राजनीतिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।


Comments

Popular posts from this blog

एउटा ऐतिहासिक यात्रा र आमाको साथ

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो

कबिन्द्र बुर्लाकोटीले अचानक फिर्ता लिए महामन्त्री पदको उम्मेदवा