प्रचण्डको 'यू-टर्न': भाषणमा नैतिकता, व्यवहारमा एमालेसँग सहमति

 

सरकार फेर्ने खेलमा नलाग्ने दाबी लगत्तै एमालेसँग सम्झौता: प्रचण्डको निर्णयले कार्यकर्ता अन्योलमा



काठमाडौँ — "सरकार बनाउने र गिराउने निरर्थक खेलमा लाग्यौँ भने थचारिन्छौँ" भन्दै भाषण गरेको भोलिपल्टै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)सँग प्रादेशिक सरकार गठनका लागि सम्झौता गरेपछि पार्टी पंक्तिमा अन्योल र आश्चर्य छाएको छ।

अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै बारम्बार सरकार टिकाउने र ढाल्ने फोहोरी राजनीतिक खेलबाट टाढा रहेर जनताका मुद्दामा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। तर, उहाँको भनाइ र गराइमा एकाएक भिन्नता देखिएपछि स्थानीय तथा प्रदेशस्तरका माओवादी कार्यकर्ताहरू चकित परेका हुन्।

एक दिन अघिसम्म मात्रै एमाले नेतृत्वको गठबन्धन र उसको रणनीतिको कडा आलोचना गरेका प्रचण्डले भोलिपल्टै तिनै घटकहरूसँग हात मिलाउँदै प्रदेश सरकार निर्माणको सहमति गरेपछि पार्टीका समर्थक तथा कार्यकर्ताहरूले नेतृत्वको अस्थिर नीतिप्रति प्रश्न उठाउन थालेका छन्।

पार्टीभित्रैबाट पनि नेतृत्वको यस्तो ढुलमुले नीतिका कारण माओवादी केन्द्रको राजनीतिक साख र विश्वसनियता खस्कँदै गएको भन्दै असन्तुष्टि प्रकट हुन थालेको छ।

Comments

Popular posts from this blog

एउटा ऐतिहासिक यात्रा र आमाको साथ

रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से परिसूचक २६ सय विन्दुमा झर्‍यो

कबिन्द्र बुर्लाकोटीले अचानक फिर्ता लिए महामन्त्री पदको उम्मेदवा